काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ। भृकुटीमण्डपमा आज (बुधबार) आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी‚ नेकपा साम्यवादीलगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो। एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ। […]