मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोककी २२ वर्षीया आरती साह ७ जेठ २०८० मा आफ्नै घरमा मृत भेटिइन्। दाइजो कम भएको भन्दै यातना दिने गरेका पति मोतीबाबु र ससुरा मदनमोहनलगायतले हत्या गरेको भन्दै साहका परिवारजनले उजुरी दिए। तर, कतै सुनुवाइ भएन। महिनौँसम्म कसैको चासोमा नपरेपछि आमा निर्मलादेवी साह काठमाडौँ आएर १ असारदेखि माइतीघर मण्डलमा धर्नामा […]