सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग खेल्ने

काठमडौं ।नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीबीएल) खेल्ने भएका छन् । बीपीएलको टोली राजशाही वारियर्सले आउँदो संस्करणका लागि सन्दीपलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । यो टोलीमा न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि रहनेछन् । यसअघि सन्दीपले सन् २०१८-१९ को सिजनमा सिलेट सिक्सर्सबाट बीपीएल खेल्दा ६ खेलमा ४ विकेट लिएका थिए । […]