रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र सुरु गरिएको छ। धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति गर्ने योजनाअन्तर्गत धवलागिरि गाउँपालिकामै पहिलोपटक कालोपत्र गर्न लागिएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँका अनुसार ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एक लेनमा ‘प्राइमकोड’ (बिटुमिन) बिछ्याउन थालिएको छ। “ग्राभेलमाथि राखेको प्राइमकोड सुकेपछि अर्को […]