काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल […]