काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा अग्रता बनाउन सफल भएको छ। भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलतर्फ पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको हो । नेपालका लागि सावित्रा भण्डारी साम्बाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएकी हुन् । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतको सामना गर्दा अग्रता बनाएको हो । सिलोङको जवाहरलाल नेहरू रंगशालामा […]