काठमाडौँ । बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका बीच संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीमा सुरु भएको छ । भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा करिब २०० देशका प्रतिनिधिसहित एक लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा ऊर्जा सङ्क्रमणलाई तीव्रता दिने र विकासशील राष्ट्रलाई जलवायु परिवर्तनको असर सामना […]