नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्न तयारी थालेको छ। कम्पनीले रु. १०० अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यसका लागि दुबै कम्पनीबीच २०८२ मंसिर ८ गते काठमाडौँको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा द्विपक्षीय सम्झौता भएको हो। […]