नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरूले आफ्नो बोनससम्बन्धी मागमा लामो समयदेखि चलिरहेको आन्दोलन स्थगित गर्ने तयारी गरेका छन्। कर्मचारी संघका अध्यक्ष नवराज थापाका अनुसार बोनससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अब अदालतको फैसलाको प्रतीक्षा गर्ने निर्णय गरिएको हो। उनले भने, “छलफल गरेर सम्भवतः भोलि अथवा पर्सिबाट आन्दोलन स्थगित गर्छौं। अदालत बोनसका विषयमा व्याख्या गर्ला, र हामी […]