नेपाल मेडिकल काउन्सिलको आसन्न चुनावलाई लक्ष्य गर्दै उपाध्यक्षका उम्मेदवार डा. अजयसिंह थापाले आफ्नो विस्तृत एजेन्डा सार्वजनिक गरेका छन्। चिकित्सकका पेशागत हक–हित, पारदर्शी नियमन, आधुनिक प्रविधिसँग समायोजन तथा स्वास्थ्य प्रणालीमा जनविश्वास बढाउने उद्देश्यसहित उनले अल्पकालीन तथा दीर्घकालीन योजना प्रस्तुत गरेका छन्।