राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा आज (शुक्रबार) जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।