वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौँ। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छिन्। आज भएको खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक विधामा स्वर्ण पदक जितिन्। भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन्। त्यसैगरी वैभवीले पुम्से र स्पीड किक […]