काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारले आज चारजना मन्त्री थप्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार आज ४ जना मन्त्री नियुक्त गरिने भएको हो। जसअनुसार कुमार इङनामलाई भूमिमन्त्री, माधव चम्लागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्र सिंह भण्डारीलाई श्रम तथा संस्कृति मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयमा नियुक्त गरिने तयारी गरिएको बताइएको छ । […]