व्यावसायिक कुखुरा पालनबाट मनग्य आम्दानी

बाँके। “पाँच लाखको लगानीबाट सुरु गरेको यो व्यवसायले आज यो उचाइमा पुर्‍याउला भनेर मैले सोचेको पनि थिइन।” एचपिटी पोल्ट्री फार्मकी सञ्चालक सरिता थापाले भनिन्। उनका अनुसार उक्त फार्ममा पालिएका स्थानीय कुखुरा बिक्री गर्दा महिनामा अढाइदेखि तीन लाखसम्मको आम्दानी हुने गर्दछ। बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरमा विगत ६ वर्षदेखि स्थानीय प्रजातिका कुखुरा पाल्दै आएकी ३८ वर्षीया कृषि […]