अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक महत्वपूर्ण र कडा निर्णय सार्वजनिक गर्दै अमेरिकी नौसेनालाई ‘स्ट्रेट अफ होर्मुज’मा तत्काल नाकाबन्दी सुरु गर्न निर्देशन दिएका छन्। उनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा इरानलाई शुल्क तिरेर आवतजावत गर्ने जहाजहरूलाई समेत रोक्ने स्पष्ट चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन रूपमा समाप्त भएको […]