काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवास नबेचिएको जनाएका छन्। देउवाले सचिवालयमार्फत् बिहीबार बूढानीलकण्ठस्थित ठूलो क्षेत्रफलमा फैलिएको घर बिक्री नभएको जनाएका छन् । गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा एउटा समूहले जलाएपछि उक्त घर अहिले भत्काइएको छ। केही दिनयता करिब ४ अर्ब रूपैयाँमा उक्त घर बेचिएको समाचार आएपछि विदेशमा रहेका […]