करिब चार अर्ब रुपैयाँ बराबरको सेयर बजार चलखेल प्रकरणमा मुख्य योजनाकारका रूपमा दीपक भट्ट र सुलभ अग्रवाल देखिएको आधिकारिक प्रतिवेदनले खुलासा गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेका दुई छुट्टाछुट्टै अध्ययन प्रतिवेदनले भट्ट र अग्रवालसँगै व्यवसायी शेखर गोल्छा, राज बहादुर शाह, ऋषि राज मोर, रोहित गुप्ता लगायतको संगठित संलग्नता औंल्याएको हो । […]