आजदेखि ५० रुपैयाँको नयाँ  नोट प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो। नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। […]