नेपाल प्रिमियर लिग का तीन सिजनका लागि बजाज पल्सर सहप्रायोजक

बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपीएल)का आगामी तीन सिजनका लागि सहप्रायोजन सम्झौता गरेको जनाएको छ। कम्पनीका अनुसार पल्सर लिगको तेस्रो, चौथो र पाँचौँ सिजनमा सहप्रायोजकका रूपमा जोडिनेछ। दोस्रो सिजनमा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार रहेको पल्सरले नयाँ सम्झौतासँगै सहकार्य विस्तार गरेको हो। दोस्रो सिजनमा पनि बजाज पल्सर र एनपीएलबीच साझेदारी भएको विवरण यसअघि सार्वजनिक भएको थियो। […]