सयपत्रीका माला बेच्न सदरमुकाम झरे जुम्ली महिला

तिहार नजिकिँदै गर्दा जुम्लाको सदरमुकाम खलंगा बजार सयपत्री फूलको सुवासले महकिएको छ। परम्परा, उत्पादन र आत्मनिर्भरता मिसिएको यो दृश्यले न केवल तिहारको रौनक बढाएको छ, स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ।