बागमती, कोशी र मधेशमा बाढीको जोखिम : कुन नदीको अवस्था के छ ?

काठमाडौं – बिहीबार बिहानका रातिदेखि नै उपत्यकासहित देशभर वर्षा भइरहेको छ। देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभावले वर्षा भइरहेकाले केही नदीमा बाढीको जोखिमसमेत बढेको छ। पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीको बहाव बढ्नेछ। यसको प्रभाव शनिबारसम्म नै रहने महाशाखाले जनाएको हो। महाशाखाले यी प्रदेशका नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोधसमेत […]