प्रहरीको ‘स्वीप अपरेसन’ बाट १ सय २२ जना पक्राउ

लागु औषध विक्रीवितरण र सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा सर्वसाधारणलाई धम्की दिँदै हिड्ने र गुण्डागर्दी गर्ने व्यक्ति नियन्त्रण गर्नका लागि कास्की प्रहरीले झन्डै १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ। स्वीप अरपेसन चलाएर १ सय २२ जनालाई कास्कीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ।