कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ । गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा बोट अनियन्त्रित भएपछि थारू महाकाली नदीमा बेपत्ता भएका थिए । घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोलीले लगातार खोजी गर्ने क्रममा पाँचौँ दिन आज उनको शव फेला पारेको […]