कांग्रेसकाे केन्द्रीय समितिको म्याद थप्न हुँदैन: विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्। काठमाडौंमा आइतबार केन्द्रीय सदस्य गुरु घिमिरे र मनोजमणि आचार्य लगायतले पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेता आचार्यले समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको आरोप लगाउनुभयाे […]