काठमाडौं । बडादसैँका अवसरमा यात्रुको सहज आवागमनलाई ध्यानमा राख्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक सवारीसाधनको अभावमा यात्रुले भोग्नुपर्ने समस्यालाई कम गर्ने उद्देश्यले प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा बस सञ्चालन गर्न लागेको हो। प्रहरीका अनुसार निःशुल्क बस सेवा नक्साललाई केन्द्र बनाएर तीनवटा छुट्टाछुट्टै रुटमा सञ्चालन हुनेछ। […]