पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

मुस्ताङ- मुस्ताङको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका हुन् । लामो समय काठमाडौंमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको सहज पहुँच भएसँगै जन्मथलो फर्केर व्यवसाय सुरु गरेका हुन् […]