काठमाडौं । नेपाली कांग्रेसकी नेतृ उर्मिला कंडेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी कंडेलले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिने तयारीमा रहेकाे जानकारी दिइन् । कंडेलको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा प्रवेश गरेकी उनले पार्टी […]