शुल्क पुनरावलोकन नभएसम्म पीजी र यूजीमा विद्यार्थी भर्ना गर्न नसक्ने निजी मेडिकल कलेजहरुको घोषणा

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण शुल्क समायोजन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म भर्ना प्रक्रिया अघि बढाउन नसक्ने जनाएको हो। एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई समेत भर्ना प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेको छ।