ट्रम्प प्रशासनले कलेज छात्रालाई भूलवश देश निकाला गरेपछि माफी माग्यो !
‘सरकारको तर्फबाट हामी इमानदारीपूर्वक माफी माग्न चाहन्छौं,’ सहायक अमेरिकी वकिल मार्क साउटरले न्यायाधीश रिचर्ड स्टर्न्ससमक्ष भने। उनले थपे, ‘उल्लङ्घन एक व्यक्तिले अनजानमा गरेको गल्ती थियो। अदालतको आदेश उल्लङ्घन गर्न भनेर जानाजानी गरिएको कार्य होइन।’