काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले निर्वाचनको समीक्षाका लागि मातहतका समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । निर्वाचनमा अपेक्षा अनुसारको परिणाम नआउनुमा विभिन्न कारण रहेको बताउदै नेकपाले ‘निर्वाचन विशेष निर्देशन’ मार्फत प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई यस्तो निर्देशन दिएको हो । भर्खरै एकता प्रक्रियाबाट अगाडि बढेको पार्टीको सङ्गठन समायोजन नसकिँदै […]