काठमाडौँ । नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आ–आफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई सम्बन्धित देशको भ्रमणका क्रममा भिसा […]