आफ्नो दबाबपछि नेपाललाई अमेरिकी सहायता ३६ मिलियन डलर पुगेको सांसद मेङको भनाई

न्युयोर्क — अमेरिकी प्रतिनिधिसभा सदस्य ग्रेस मेङले नेपालमा बाढीपछिको उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो दबाबपछि अमेरिकाले ३६ मिलियन डलरभन्दा बढी सहायता उपलब्ध गराइरहेको बताएकी छन्। नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकी सरकारको प्रारम्भिक प्रतिक्रिया ढिलो र अपर्याप्त भएको भन्दै उनले ट्रम्प प्रशासनका अधिकारीहरूसँग प्रश्न उठाएपछि थप सहायता घोषणा भएको मेङले बताएकी हुन्। क्वीन्सबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट […]