विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले २१ फागुनमा निर्वाचन हुनैपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका ४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज (शुक्रबार) भएको भेटघाटमा उनले यस्तो बताएका हुन्। नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख […]