कृषिमा उल्टो तथ्याङ्क, खेतीयोग्य जमिन घट्दै जाँदा उत्पादनमा कसरी भयो वृद्धि ?

नेपालमा कृषि क्षेत्रमा खेतीयोग्य जमिन घट्दै गएपनि उत्पादन भने बढेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन २०८१/८२’ को वार्षिक प्रतिवेदनले नेपाली कृषि क्षेत्रको विरोधाभासपूर्ण चित्र प्रस्तुत गरेको हो । प्रतिवेदन अनुसार देशमा कृषि बालीले ओगटेको कुल क्षेत्रफल खुम्चिँदै गए पनि उत्पादन र उत्पादकत्वमा भने उत्साहजनक वृद्धि देखिएको छ । […]