पैसाको लोभमा मौरीको अवस्था नहेरी भिर चढ्ने प्रवृत्ति बढेको छ। विशेष गरी लालीगुराँस परिवारका फूलबाट बनेको मह उच्च मूल्यमा बिक्ने भएकाले भिरमा पुगेपछि सबै चाका खसाल्ने अभ्यास देखिन्छ। कतिपय चाकामा मौरीले १०० ग्राम महसमेत जम्मा गर्न नपाउँदै नष्ट गरिने अवस्था छ, जसले मौरीलाई पुनर्स्थापित हुने अवसर नै दिँदैन।