साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सिन्धुली-काभ्रे हुँदै काठमाडौंको बाटोमा सवारी प्रवेश गराउनु रोक

मनसुन सक्रिय भएसँगै बर्सातका कारण विपद् आउने जोखिम बढेको भन्दै सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन्।