बाढी प्रभावित १६ जलविद्युत् आयोजनाको ‘रियल टाइम’ निगरानी गर्दै ऊर्जा मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उद्धार, राहत तथा पुनर्निर्माणको अवस्था तत्काल जानकारी लिन ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण थालेको छ। ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार बसेको उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा प्रभावित आयोजनाको पछिल्लो अवस्था नियमित रूपमा प्राप्त हुने गरी प्रणाली विकास गर्न निर्देशन दिएका हुन्। मन्त्रालयका अनुसार […]