ललितपुर – ‘वर्षा र सहकालका देवता’का रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ । रथारोहणसँगै यस वर्षको जात्रा विधिवत् रूपमा सुरु भएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्पराअनुसार यस वर्ष पनि रथारोहण सम्पन्न गरिएको हो । परम्पराअनुसार त:बहालबाट देवताको मूर्तिलाई खटमा राखेर पुल्चोकमा […]