सबैभन्दा दोहोर्याएर पढेको पुस्तक कुन हो भनेर कसैले सोधे म फ्याट्ट भन्न सक्छु– श्रीस्वस्थानी व्रतकथा। मैले पढ्न थालेको पनि करिब ४० वर्ष भएछ। यो धार्मिक-साहित्यिक कृतिबारे धेरै विवाद पनि छन्। बहसका विषय पनि बग्रेल्ती नै छन्। उमेरको यो बिसौनीमा आएर पुनः पुस्तक पढ्दा लाग्यो, यहाँभित्रका कथाहरूले गहिरो अर्थ बोकेका छन्। स्वस्थानी व्रतकथामा पृथक् पृथक् समाज […]