नर्सहरूको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को अडिसन भोलिदेखि

‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो स्वास्थ्य पेसासँग सम्बन्धित नेपालकै एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो। प्रतियोगितामा १७ देखि २८ वर्ष उमेर समूहका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक सहभागीका लागि ‘खल्ती’ एपमा आवेदन फारम उपलब्ध गराइएको छ।