एमसीसी परियोजनाअन्तर्गत दाङमा ४० किलोमिटर सडक स्तरोन्नति सुरु, आधुनिक प्रविधिको प्रयोग

एमसिए-नेपालले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोला–लमही ४० किलोमिटर सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ। आधुनिक प्रविधिको प्रयोगसहित सुरु गरिएको यो आयोजना दीर्घकालीन रूपमा सुरक्षित, टिकाउ र लागत–प्रभावकारी सडक निर्माणतर्फ लक्षित रहेको जनाइएको छ। यस स्तरोन्नति कार्यमा नेपालमै पहिलो पटक ‘फूल डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ आस्फाल्ट’ प्रविधि प्रयोग गरिँदैछ। यी प्रविधिले पुराना आस्फाल्ट […]