भोजपुरमा इ-लर्निङ कक्षाका लागि ईश्वर मन्दिरबाट सामग्री हस्तान्तरण

भोजपुर– भोजपुर नगरपालिका– ८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इ-लर्निङ कक्ष’ सञ्चालनमा ल्याइएको छ । कक्षा सञ्चालनका लागि १० थान कम्प्युटर र  आवश्यक उपकरण  जडान गरिएको छ । पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौं नामक संस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको हो । उक्त संस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इ-लर्निङ कक्षा’का लागि कम्प्युटर, […]