भक्तपुर घुम्न आउने पर्यटकहरू पनि प्राचीन नगरीमा पैदल नै घुम्दछन्। त्यसपछि पेडलमा पर्यटकहरू प्राचीन चाँगुनारायण मन्दिर डुल्दछन्। त्यहाँबाट डाँडैडाँडा त्रीशुलडाँडा-तेलकोटको बाटो हुँदै नगरकोटको टावरबाट हिमालय शृङ्खला र सूर्योदय नियाल्दछन्। त्यहाँबाट साइकलमै नाला-बनेपा चियाउँदै आशापुरी-डोलेश्वर-सूर्यविनायक मन्दिर हुँदै