काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला भोलि बिहान ८ बजेभित्र खोल्न अल्टिमेटम दिएको छ। अन्यथा प्रहरी लगाएर ताला तोड्ने विश्वविद्यालय प्रशासनको चेतावनी छ। त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले आज विज्ञप्ति जारी गरी मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन […]