कुलमानको पार्टी घोषणा सभामा पुगेर सुमनाले भनिन्- देश बनाउन सबै एकजुट हुनुपर्छ

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा घोषणा हुन लागेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक कार्यक्रममा पुगेकी पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले नयाँ राजनीतिक शक्तिहरूबीच एकताको अपरिहार्यता औँल्याएकी छन्।