आफूलाई अन्यायपूर्ण रूपमा निकालिएको अधिकारकर्मी नर्बदा क्षेत्रीको दाबी, के भन्छ ‘अधिकार’?

अमेरिकामा नेपाली भाषी समुदायको सामाजिक न्याय र मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको न्युयोर्कको क्वीन्समा रहेको गैरनाफामूलक संस्था ‘अधिकार’मा झन्डै १८ वर्ष काम गरेकी अधिकारकर्मी नर्बदा क्षेत्रीले आफूलाई हालै उक्त संस्थाबाट अन्यायपूर्ण रूपमा निकालिएको दाबी गरेकी छिन् । सन् २००७ देखि संस्थामा काम गर्दै आएकी क्षेत्रीलाई हालै अधिकारले सह-कार्यकारी निर्देशक पदबाट हटाएको थियो । […]