अखाद्य र न्यून गुणस्तरका खाद्य पदार्थ बेच्नेलाई तत्काल जरिवाना गर्ने तयारी

सरकारले अखाद्य तथा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गर्ने व्यवसायीलाई अनुगमनकै क्रममा तत्काल जरिवाना गर्न सकिने कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो। मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ अनुसार मस्यौदामा सर्वसाधारण, […]