काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोको अनुरोधमा उनलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीका अनुसार दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । […]