आजदेखि काठमाडौँ महानगरपालिकाले ७० वर्षभन्दा माथिकालाई घरमै आधारभूत स्वास्थ्य सेवा दिँदै

उपमेयर सुनिता डंगोलका अनुसार असक्त, अशक्त वा नियमित रूपमा अस्पताल पुग्न कठिनाइ हुने जेष्ठ नागरिकलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत घरमै पुगेर स्वास्थ्य सर्वेक्षण, नियमित स्वास्थ्य परीक्षण, रोग पहिचान, आवश्यक औषधि वितरण, स्वास्थ्य परामर्श तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सहजीकरण गरिनेछ।