पञ्चायतदेखि चुनाव जित्दै आएका राजेन्द्र पाण्डे तेस्रो स्थानमा खुम्चिए

२४ फागुन, काठमाडौं । पञ्चायती व्यवस्थादेखि सङ्घीय गणतन्त्रसम्मको राजनीतिक यात्रालाई नजिकबाट भोगेका र संसदीय राजनीतिका 'चतुर खेलाडी' मानिने राजेन्द्रप्रसाद पाण्डेको अपराजितजस्तै देखिने चुनावी यात्रामा यसपटक ठूलो पूर्णविराम लागेको छ। धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आठौंपटक चुनावी मैदानमा होमिएका …